सिमकोट । सिमकोट बुधबारदेखि अन्धकारमय बनेको छ । हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् गृहमा समस्या आएपछि सिमकोटलगायत त्यसआसपासको क्षेत्र अन्धकारमय बनेको हो ।
मोटर जलेपछि सिमकोटको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हिल्दुम वितरण केन्द्रका प्रशासन प्रमुख यमप्रकाश खड्काले जानकारी दिनुभयो । “मर्मतका लागि नेपालगञ्ज पठाउने तयारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो । सेवा अवरुद्ध भएपछि सिमकोट र खार्पुनाथ गाउँपालिकाका करीब एक हजार ८०० परिवार विद्युत् सेवाबाट वञ्चित भएका छन् ।



























