कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले स्कुटरको डिक्कीमा राखेको चितुवाको छाला बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले दिएको जानकारी अनुसार बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट स्कुटरको डिक्कीबाट चितुवाको छालासहित दुईजनालाई नियन्त्रणमा लिएको बताउनुभयो ।
नियन्त्रणमा लिइएको घोराही उपमहानगरपालिका ९ का ३२ वर्षिय सन्तोष कुँवर र भैरवी गाउँपालिका ३ दैलेखका १९ वर्षिय जितेन्द्र शाही रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा ४ प ६५०४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा डिक्कीभित्र कालो झोलामा राखिएको ३ फिट ३ ईन्च लामो चितुवाको छाला फेला परेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम पक्राउ परेका दुबै जनालाई नगद ५ लाख देखि १० लाख रुपियाँसम्म जरिवाना र ५ देखि १५ वर्षसम्म कैद सजाय वा दुबै हुनसक्ने ब्यवस्था रहेको छ ।