काठमाडौँ । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा एउटा बयस्क बाघ आइतबार मृत अवस्थामा फेला परेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले दिएको जानकारी अनुसार आइतबार ठोरीको मालीबस्तीस्थित हुलाकी सडकबाट दक्षिणतर्फ पाटे बाघ मृत अवस्थामा भेटिएको छ ।
खतिवडाले भने, आजको घटना पछि मैले भारतीयपक्षसँग कुराकानी पनि गरे । यो बाघ उता क्यामरा टयापमा परेको रहेछ । यो बाघ उता र यता आउने जाने गरेको रहेछ ।
उनले नेपालकथासँग भने, अर्काे बाघसँग जुधेर मरेको हुन सक्ने अनुमान गरिएको छ । बाघको टाउको र मुखमा गम्भीर चोट लागेको छ । शरिरका सबै अंगहरु यथावत भएकाले चोरी शिकारबाट मरेको हो भन्न सकिने अवस्था छैन । कतै विषादी प्रयोग भएको पनि हुन सक्छ, त्यसका लागि परीक्षण गरेपछि मात्र थाहा लाग्न सक्छ ।
मृत बाघलाई आधाभार ल्याएर पोष्टमार्टम गर्ने काम भइरहेको उनले जानकारी दिए । बाघलाई आधाभारमै गाडिने जानकारी दिँदै उनले भने, विधिविज्ञान प्रयोगशालामा नमूना परीक्षणका लागि पठाउने तयारी पनि भइरहेको छ ।
यो बाघ पर्सा राष्ट्रिय निकुञ्जसँग सीमाना जोडिएको भारतीय बाल्मिकि टाइगर रिजर्भमा क्यामरा ट्रयापमा परेको बताइएको छ । खतिवडाले भने, आजको घटना पछि मैले भारतीयपक्षसँग कुराकानी पनि गरे । यो बाघ उता क्यामरा ट्रयापमा परेको रहेछ । यो बाघ उता र यता आउने जाने गरेको रहेछ ।
उता बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा बाघलाई डार्ट गरी खोरमा राखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार गत जुन महिनामा गेरुवाबाट डार्ट गरी जंगल बबई तर्फ छोडिएको यो बाघ बाँके राष्ट्रियको मध्यवर्ती क्षेत्रमा गएर दुख दिन थालेको थियो । त्यहाँबाट घुम्दै फेरी बर्दिया राष्ट्रियको मध्यवर्ती क्षेत्रका गाउँवस्तीमा पस्न थालेपछि डार्ट गरेर खोरमा राखिएको छ । यो सहित अब बर्दियामा पाँच वटा समस्याग्रस्त बाघ खोरमा थुनिएका छन् ।
फोटो फिचर




