धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले श्रम तथा रोगजार कार्यालयमा वैदेशिक रोजगार डेस्क स्थापना गरेर वैदेशिक रोजगारमा जानेलाई सहजता भएको छ ।
डेस्क स्थापना भएपछि दुई जना सेवाग्राहीलाई पुनः श्रम स्वीकृति दिइएको छ । डेस्क स्थापना भए लगत्तै पहिलो सेवाग्राही गौरीगंगा नगरपालिका वडा नम्बर ६, वनबेहडाका गोरखबहादुर खवासले धनगढीबाट पुनः श्रम स्वीकृति पाउनुभयो । दोस्रो सेवाग्राही धनगढी–२ बैह्याबेहडीका दानबहादुर सिंहले धनगढीबाटै पुनः स्वीकृति पाउनु भएको छ । यस अघि यो काम काठमाडौँ आएर मात्र हुने गरेकोले अब कम खर्चमा श्रम स्वीकृतको थालनी भएको छ ।