नयाँ वर्ष: शुभाशिष अनि वन, वनस्पतिको महत्व

काठमाडौँ । नयाँ वर्ष २०७६ साल घर आँगनमा आइसकेको छ । २०७५ साललाई बिदा गरेर हिजोको सपनाहरु आज विपनामा बदल्ने संकल्प पनि हामी लिइरहेका छौँ ।

मुलुकको गन्तव्य समृद्ध नेपाल हो भने हामी व्यक्तिको गन्तव्य समृद्ध घरपरिवार पनि हो । घरपरिवार समृद्ध भए नेपाल आफै समृद्ध हुने हो । असल संस्कार अवलम्बन गर्ने प्रणका साथ आज बिहाना हजारौँ मानिस पशुपतिनाथको मन्दिरमा दर्शन गर्न लाइन लागे । देशभरीका मठ मन्दिर देवालयमा घुइँचो लाग्यो ।

नव वर्षको दिन असल संस्कारको सुरुवात गर्न र समृद्धिको उच्च चाहाना राख्ने सबैका हात हातमा जल, जमिन, जंगलबाट उत्पादित कुराहरुले नै प्रमुखता पाएको देखियो ।
त्यसैले जल, जमिन, जंगल जीवन हो । यसको संरक्षण गरौँ भन्ने अमूर्त तर यथार्थतालाई पनि आजको दिनले अगाडि बढाएको छ ।

नयाँ वर्षको दिन पशुपतिनथाको मन्दिरमा जे देखियो ।
फोटो फिचरमा: वन, वनस्पतिको महत्व

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here