फेरी अर्को भुकम्पको झट्का

काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा ४.५ रिक्टरस्केलको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ । दुई दिनअघि बझाङ केन्द्रबिन्दु भएर ४.८ रिक्टरस्केलको भूकम्प गएको थियो ।

एक हप्ता अघिमात्र दोलखामा भूकम्प गएको थियो । सो भूकम्प ४.२ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here