काठमाडौँ । शुक्रवारबाट राजधानीको होटल पार्क भिलेज रिजोर्टमा व्यवस्थित जलाधार सम्बन्धी राष्ट्रिय गोष्ठीको सञ्चालन भइरहेको छ । सो गोष्ठीको उद्घाटन गरेका थिए वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले । प्रमुख अतिथीले मन्त्री रहेको कार्यक्रमका विशेष अतिथि थिए प्रशासनिक अदालतका अध्यक्ष काशीराज दाहाल ।
वन मन्त्रलाय सम्हाले पनि संरक्षणका मुद्धामा कहिल्यै गम्भीर शब्द र बाक्य चयन नगर्ने मन्त्री बस्नेतका अगाडि विषयवस्तुको खासै ज्ञान नभएका दाहालले मन्त्रीलाई औँला ठड्याउँदै भने, अघिल्लो पुस्ताले जोगाएर राखेकै हुनाले हामीले वन जंगल, वनस्पति र वन्यजन्तु देख्न पायौँ । अब हामीले यिनको संरक्षण नगर्ने हो भने भावी पुस्ताले के देख्न पाउँछन् ? यिनको संरक्षण गर्नु तपाई हाम्रो प्रमुख कर्तव्य हो ।
संरक्षण भन्दा प्राकृतिक साधनको दोहनका बारेमा मन्त्रीका धेरै कुराहरु सञ्चार माध्याममा आएको आफुले सुन्दै आएको बताउँदै अध्यक्ष दाहालले भने, म हरिद्धार गए, हरिद्धारबाट सबैको जीवनका लागि निकै उपयोगी हुने, अझै वन मन्त्रीका लागि त झनै उपयोगी कुरा म यहाँ भन्न चाहान्छु । त्यहाँका साधुले हरिद्धारमा दर्शन गर्न जाने जोकोहीलाई कसम खुवाएर प्रतिज्ञा गर्न लगाउँदो रहेछ । पहिलो कुरा आफ्नो नराम्रो बानी यही (हरिद्धारमा ) छाड्ने प्रतिज्ञा गर्छु, अर्को कुरा राम्रो कुराको थालनी आजै देखि गर्ने प्रतिज्ञा गर्छु र तेस्रो कुरो म जीवनमा एउटा रुख हुर्काउने प्रतिज्ञा गर्छु, रुख रोप्ने मात्र होइन । भनेर कसम खुवाउँदो रहेछ ।

दाहालले भने, हाम्रा मन्त्री हरेक वर्ष रुख रोप्छन् तर हुर्केको कहि देखिदैन । त्यसैले रुख रोप्ने मात्र होइन, मन्त्री ज्यू, हुर्काउन सकिने हो मात्र रुख रोपौँ । होइन भने किन रुख रोप्ने ?
दाहालले भने, भू तथा जलाधारको संरक्षण गर्नुपर्छ भनेर २०३९ सालमा भू तथा जलाधार संरक्षण ऐन ल्याएको रहेछौँ तर अहिले विभाग नै हटाइदिनुभयो । मैले आफ्नो प्रतिवेदनमा विभाग राख्नुपर्छ भनेरे लेखेको थिए तर राजनीति नेतृत्व सुझबुझ र परिपक्व नभएपछि यस्तै हुने रहेछ ।
सधैँ राष्ट्रिय निकुञ्ज र वन संरक्षण गर्ने कार्य समुदायका हितमा नभएको भन्ने भाषण गर्दै आउनु भएको मन्त्री बस्नेतलाई सम्बोधन गर्दै दाहालले भने, संरक्षणको जिम्मा राज्यको हो । सरकारको हो । सरकारमा बस्ने मानिसले संरक्षणको कुरा गर्नैपर्छ । क्यानडा हेर्नुहोस्, जापान हेर्नुहोस् छिमेकी मुलुक भारत हेर्नुहोस्, संरक्षण सम्बन्धी नियम कानून कति कडा छन् अनि पो त्यहाँ संरक्षण भएको छ ।
दाहालले भने, पोलिटिकल क्यापासिटी नभएपछि यस्तै हो । लिडरमा करिष्मा (क्यापासिटीको चमक ) देखिनुपर्ने हो । तर हाम्रो नेतृत्वमा त्यो क्षमता देखिएन । हाम्रो नेतामा त्यो करिष्मा छैन । तैपनि धेरै बिग्रेको छैन, अब पनि सुधार गर्नुहोस् । बेला अझै छ ।

विदेशमा वन नोक्सान भए मन्त्री जवाफदेही हुन्छन् । बदमासी भएको भए जिम्मेवारी लिन्छन् र राजीनामा समेत दिन तयार हुन्छन् तर यहाँ त कसले जिम्मेवारी लिने ? नेता नै राम्रो नभएको देशमा ? दाहालले भने, म अमेरिका संघीयताको अध्ययन गर्न जाँदा पानी बाँडफाटको विषय अदालतमा बर्षाैँ सम्म निर्णय नभएर रोकिएको रहेछ । किन वर्षौँसम्म रोकिएको कारण खोज्दै जाँदा प्राकृतिक सम्पदासँगको विषय भएर हतारमा न्यायलायले निर्णय नगरेको भन्ने जवाफ मैले पाए । तर हाम्रो नेपालमा भए, सोच बिचार नगरी स्वार्थमा निर्णय भइसक्थ्यो, त्यसको असर कहाँ के कति पर्छ सम्म बिचार गरिदैनथ्यो होला ।

जिल्लामा विकासको काम थाति राखेर मध्य असारमा देशभरका भूसंरक्षण अधिकृतलाई गोष्ठीमा बोलाएको मन्त्रालयले गोष्ठीको काम छाडेर १४ गते बिहाना बिरुवा रोप्न कोटेश्वर पुग्ने उर्दी जारी गरेको छ । उद्घाटन शत्रमा वन तथा भू संरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्सालले गोष्ठीमा सहभागि भूसंरक्षण अधिकृतलाई यस्तो उर्दी जारी गरेका हुन । उनले आफ्नो धन्यबाद ज्ञापन गर्ने मौका पारेर भने, गोष्ठीको समयलाई छोट्याएर भएपनि भोली बिहानको रुख रोप्ने कार्यक्रमा सक्रिय सहभागी हुनुपर्छ । ल्याउने लैजाने व्यवस्था हामीले मिलाएका छौँ ।
चुरे अध्यक्षको एसएलसी भाषण
कार्यक्रममा विशेष अतिथिका वक्ता बनेका राष्ट्रपति चुरे कार्यक्रमका अध्यक्ष बिरेन्द्र यादवले विषय भन्दा निकै पर गएर आफ्नो एसएलसीको कथा सुनाए । आफू १३ वर्षको उमेरदेखि गणतन्त्रको लागि लडेको र भारतको बिहारमा पञ्चायतसँग लड्ने तालिम लिएको दावी गरेका यादवले १४ वर्षमा एसएलसी पास गरेको कुरा सुनाए । उनले निकै पटक दोहोर्याएर भने, गाउँको हुने खानेको छोरा, स्कुलको माष्टरको छोराले त्यति बेलैदेखि गणतन्त्रको कुरा उठाएको थियो र मैले आफ्नो गर्लफ्रेण्ड पनि गणतन्त्रलाई बनाएको थिए र आज गणतन्त्र आएको छ ।
यादवले यसो भनि रहँदा सहभागीहरुले एक अर्कासँग मुखामुख गरेको दृश्य र मञ्चमा बसेका वन मन्त्री बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्य केपी ओली सुतिरहनु भएको दृश्य हेर्न लायकै थियो । यादवले जसलाई सुनाउन खोजको थिए, उनीहरुले निदाएको भेष पारेका थिए, तलका सहभागीलाई यादवको कुरै चित्त बुझेको थिएन ।
सहभागीको बीच दुई प्रेमको चर्चा
संघीयताको खाका बनाउने क्रममा काशीराज दाहालको संयोजकत्वमा समिति निर्माण भएको थियो । सो समितिले तत्कालिन वन तथा भूसंरक्षण मन्त्रालयको अधिकारीसँग संघीयतामा वन मन्त्रालयको खाकाका विषयमा छलफल गर्दा मन्त्रालयको योजना महाशाखा प्रमुख पेमनारायण कँडेल र विभागको योजनाका प्रेम पौडेल थिए । भाषणका क्रममाअध्यक्ष दाहालले वन मन्त्रालयको नेतृत्वका कारणले विभागको अस्तित्व मेटिएको कुरा भनिरहँदा सहभागीहरुले पेमनारायण कँडेल र प्रेम पौडेलको चर्चा गरे ।
आफु सचिव भइहाल्छु अनि किन विभाग चाहियो भन्ने मानसिकतामा बसेका पेम कँडेलले मन्त्रालय बसेर विभाग सिध्याउने खेल खेलेको आरोप सहभागिका बीच सुनियो । त्यसैगरी रातदिन फायल बोकेर मन्त्रालय हिड्ने, संघीयतामा खाका निर्माण गर्ने कामले पानी पिउने पनि फुर्सद छैन भन्दै विभागमा आफुभन्दा जाने बुझेको कोही नभएको दावी गर्ने प्रेम पौडेलको असक्षमताका कारणले विभागको अस्तित्व नामेट भएकोे कानेखुसी गरेको सुन्न पनि पाइयो ।
एक सहभागीले भने, दुई प्रेमका बीचमा बिजय पौडेल र अखिलेश्वरलाल कर्णले पनि सकारात्मक भूमिका खेल्न सकेनन् । उनीहरु जफका भएर पनि त्यो स्वभाविकै थियो तर हाम्रो विभाग दुई प्रेमका कारणले समाप्त भएको हो ।
