काठमाडौँ । चिनियाँ मासु बजारबाट फैलिएको खतरानाक कोरोना भाइरसका फैलाएको जिम्मेवारी चीनले लिनुपर्ने भन्दै अष्टे«लियाका प्रधानमन्त्री स्कट मरिसनले चीनलाई कारवाही गर्नुपर्ने बताएका छन् ।
उनले पत्रकार सम्मेलन गरी चीनलाई यसको भागेदार बनाउनुपर्ने माग संयुक्त राष्ट्र संघसँग राखेका छन् ।
उनले पत्रकार सम्मेलनमा भनेका छन्, चिनियाँ मासु बजारमा देखिएको भाइरसले संसारमा यति ठूलो क्षति गर्यो । यो चिनियाँको खानपान र व्यवहारले संसारले दुख्ख पाइरहेको छ । यसको जिम्मेवार चीनलाई बनाउनुपर्छ ।
चिनियाँ खानपानले अझै पनि विश्व खतरामा रहेको समेत उनले जोडदार उठाएका छन् । उनले भनेका छन्, चिनियाँ खानपानले फेरी के संकट आइपर्ने हो भन्ने तर्फ विश्व सचेत हुनै पर्छ ।
चीनका मासु बजारमा कुखुरा, खसी, राँगाभैँसी, कुकुर, बिरालो लगायतका जीवजन्तुको मासु र समुन्द्री फूडहरु पाउने गर्छन् ।
सन् २०१९ को सेप्टेम्बरबाट चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वभरीका १० लाख भन्दा बढी मानिस संक्रमण भइसकेका छन् । यो क्रम द्रुत गतिमा अघि बढीरहेका बेला उनले यस्तो कुरा सार्वजनिक गरेका हुन् ।
यस अघि अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले समेत कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेका थिए । जसको चीनले खण्डन गरेको थियो ।