जलवायु परिवर्तनको असर कम गर्न सहकार्य अनिवार्य

काठमाडौँ । संरक्षण साझेदार संस्थालाई सधैँ गाली गर्न रुचाउने वन तथा वातावरण मन्त्री बीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने कामका लागि भने दाता संस्था तथा राष्ट्रहरुसँग सहकार्य अनिवार्य भएको बताएका छन् ।


साथसाथै नामक एक संस्थाले आयोजना गरेको कार्यक्रममा उनले जलवायु परिवर्तनको असरसँग जुध्न नेपालले एक्लैले नसक्ने भएकाले अन्तर्राष्ट्रिय तहको सहकार्य आवश्यक भएको तर्क प्रस्तुत गरे ।


उनले भने, सहकार्य जरुरी र अनिवार्य छ । त्यसका लागि नेपालले हात अगाडि बढाइरहेको छ । उनले जलवायु परिवर्तनको असर सम्बन्धी युवा पुस्ताले देखाएको चाँसो र चर्चाका बारेमा युवा पुस्ता सचेत भएको संज्ञा दिए ।


जलवायु परिवर्तन असर व्यवस्थापन सम्बन्धी हेर्ने जिम्मा पाएको आफैले नेतृत्व गरेको वन तथा वातावरण मन्त्रालयको तयारी नपुगेको पनि उनले गुनाशो गरे । उनले भने, जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप) मा नेपालको तयारी खासै हुन सकेको छैन । त्यसमा नेपालका सधैँ कमजोरी रहने गरेको छ ।


कार्यक्रममा साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको असर विशेष गरी महिलामा परिरहेको चर्चा गरिन् । कार्यक्रममा युवाका बीच जलवायु परिवर्तनको असर बारे अन्तक्र्रिया गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here