काठमाडौँ । सरकारले रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ रसुवागढीमा बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपियाँ दिने निर्णय गरेको छ ।
बाढीका कारण अझै १९ जना सम्पर्क विहीन छन् । नौ जनाको शव भेटिएको नेपाल प्रहरीले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले सो निर्णय सरकारले गरेको जानकारी दिएका छन् ।
मंगलबार बसेको प्राधिकरणको १४ औँ राष्ट्रिय परिषद्को बैठकले सो निर्णय गरेको हो । नेपाल–चीन सीमानाको लेन्दे खोला हुँदै सोमबार भोटेकोशीमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ ।
बाढीका कारण अझै १९ जना सम्पर्क विहीन छन् । नौ जनाको शव भेटिएको नेपाल प्रहरीले जनाएको छ । दुई जनाको भोटेकोशीको बिचमा रुखमा चढेको अवस्थामा नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो ।