हात्ती संरक्षण अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकामा सुरु

टेक्सास, अमेरिका । विश्वभरीका हात्ती सम्बन्धी अध्येता, अनुसन्धानकर्ता, विज्ञ तथा प्राणी वैज्ञानिकहरु अमेरिकाको टेक्सासमा जम्मा भएका छन् ।


हात्ती संरक्षण सम्मेलनको २१ औँ संस्करण डिसेम्बर ५ शुक्रबारबाट यहाँ सुरु भएको छ । सम्मेलन चार दिनसम्म चल्ने कार्यक्रम रहेको छ ।

नेपालमा तर्फबाट सहभागी हात्ती विज्ञ, अनुसन्धानकर्ताहरुले नेपालमा मानव हात्ती संरक्षण तथा मानव हात्ती द्वन्द्व न्यूनीकरणमा भइरहेका सरकारी तथा संरक्षण साझेदारहरुबाट भइरहेका प्रयास बारे प्रस्तुती दिने कार्यक्रम रहेको


इन्टरनेशनल इलिफेन्ट फाउण्डेसनद्धारा आयोजना गरिएको सम्मेलन टेक्सासस्थित अमेरिकाको ठूलो फोर्ट वर्थ जुमा सञ्चालन भइरहेको छ ।


सम्मेलनको उद्घाटन शत्रमा साभो ट्रष्ट केन्याका प्रमुख कार्यकारी अधिकृतले हात्ती संरक्षणका विषयमा केन्याको २५ वर्षको इतिहास सुनाएर शुभारम्भ भएको थियो । उनले हात्ती संरक्षण मानव जातिका लागि पनि उत्तिकै महत्वपूर्ण भएको केन्याको अनुभव सुनाए ।


सो अवसरमा युगाण्डा वन्यजन्तु प्राधिकरणका प्रमुख माइक केभिगविनले युगाण्डामा हात्ती संरक्षण सम्बन्धी भएका नीतिगत व्यवस्था, समुदायले हात्ती संरक्षण सम्बन्धी खेलेको भूमिका र मानव वन्यजन्तु सहअस्तित्वका लागि भएका प्रमुख कार्यक्रमका बारेमा उद्घाटन शत्रमा प्रकाश पारे ।


उद्घाटन शत्र पछि सुरु भएको प्राविधिक शत्रमा हात्ती पाउने देशमा र अन्तरदेशीय स्तरमा हात्ती संरक्षण, मानव हात्तीबिचको द्वन्द्व न्यूनीकरण, हात्ती प्रभावित समुदायको जीविकोपार्जन, राहत वितरण तथा संरक्षण सचेतना सम्बन्धी सफल प्रयोगबारे कार्यपत्रहरु प्रस्तुत भइरहेका छन् ।


पहिलो दिन एसियाली हात्तीको बासस्थान, कम लागतमा मानव वन्यजन्तु न्यूनीकरणका लागि सञ्चालनमा भएका प्रविधि, अन्तरदेशी र देशीय स्तरमा भएका परम्परागत तथा आधुनिक प्रविधिको प्रयोग, अफ्रिकी मुलुकमा भए गरेका सफल अध्यास लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएका छन् भने सम्मेलनमा उपस्थित विज्ञहरुले अन्तक्र्रियमा भाग लिइरहेका छन् ।


नेपालमा तर्फबाट सहभागी हात्ती विज्ञ, अनुसन्धानकर्ताहरुले नेपालमा मानव हात्ती संरक्षण तथा मानव हात्ती द्वन्द्व न्यूनीकरणमा भइरहेका सरकारी तथा संरक्षण साझेदारहरुबाट भइरहेका प्रयास बारे प्रस्तुती दिने कार्यक्रम रहेको छ ।
नेपालमा हात्ती पर्यापर्यटन, हात्तीमा लाग्ने रोगव्याध तथा उपचार पद्धती लगायतका विषयमा पनि कार्यपत्र प्रस्तुत हुने भएको छ ।


सम्मेलनमा हात्ती पाउने मुलुकहरुका दुईसय भन्दा बढी हात्ती वैज्ञानिक, विज्ञ, अनुसन्धानकर्ता तथा प्राध्यापकहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here