वन्यजन्तु अपराध रोक्न लुम्बिनीमा गोष्ठी

कोहलपुर । वन्यजन्तु अपराध नियन्त्रणका लागि विशेष खाका तर्जुमा गर्न लुम्बिनी प्रदेशस्तरीय वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ । गोष्ठी शुक्रबारबमट सुरु भएको हो ।


तुलनात्मक रुपमा अरु प्रदेश भन्दा लुम्बिनी प्रदेशमा वन्यजन्तुसँग सम्बन्धित अपराध र मानव वन्यजन्तु द्धन्द्धका घटना बढी हुने गरेका छन् ।

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाईको सचिवालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्धारा आयोजना गरिएको सो गोष्ठीमा मानव वन्यजन्तु द्वन्द्वका घटना न्यूनीकरणका उपाय, वन्यजन्तु सम्बन्धी अपराध नियन्त्रण गर्न सरोकारवाला निकायहरुको भूमिका, समन्वय, सहयोग तथा प्रविधिको प्रयोग बारे मन्थन गरिएको छ ।

गोष्ठीमा विषय विज्ञहरुबाट सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत भई छलफल गरी समस्या समाधानका लागि निष्कर्ष निकालिएको बताइएको छ ।

विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठका अनुसार गोष्ठीमा निकुञ्ज विभाग, वन तथा भूसंरक्षण विभाग, नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालयका प्रमुख तथा प्रतिनिधि, संरक्षण साझेदार संस्था, लुम्बिनी प्रदेशका डिभिजनल वन अधिकृत, निकुञ्जका प्रमुख संरक्षण अधिकृत, निकुञ्जस्थित तैनाथ नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकारीहरुको सहभागिता रहेको छ ।


गोष्ठीमा प्रदेशस्तरका समस्याको पहिचान, समस्या समाधानका लागि सरोकारवाला निकायको तहगत सहभागिता, समन्वय र साझेदारीता, विद्यमान कानूनको प्रभावकारी कार्यान्वायन, कानूनको अभावमा खेल्नुपर्ने र चाल्नुपर्ने कदम, स्थानीय, प्रदेश तथा संघीय सरकारका निकायबीच हुनुपर्ने समझदारी तथा समन्वयको खाका लगायतका विषयमा निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here