वन्यजन्तु सप्ताह सुरु: देशभरी बिभिन्न कार्यक्रमको आयोजना

काठमाडौँ । वन्यजन्तु संरक्षणका लागि सहकार्य भन्ने नाराका साथ २४ औँ वन्यजन्त सप्ताह आइतवारबाट सुरु भएको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन्यजन्तु सप्ताहको रेडियो नेपालबाट शुभकामना सन्देश दिएर आइतवार सप्ताहको शुभारम्भ गर्नुभयो ।

सप्ताहको पहिलो दिन बिभिन्न संरक्षण साझेदार संस्था सहित नेपाल सरकार वन तथा वातवरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बबरमहल स्थित वन परिसर अगाडि होडिङ बोर्डको विभागका महानिर्देशक मनबहादुर खड्काले अनावरण गर्नुभयो ।

बदलिँदो राजनीतिक परिस्थितिमा संरक्षणमा तीनै तहमा सरकारका बीच सहकार्य हुनु पर्ने र अन्य सरोकारवाला निकायबीच पनि समन्वय हुनु पर्ने कुरालाई ध्यान दिँदै यस पटकको सप्ताह विगतको भन्दा नयाँ ढंगले मनाउने थालिएको विभागका सूचना अधिकारी तथा उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

यो सप्ताहलाई देशभरीका वन तथा संरक्षण क्षेत्र कार्यालयहरुले स्थानीय सरोकारवाला निकायसँग सहकार्य र समन्वयमा बिभिन्न कार्यक्रम आयोजना गरी मनाउने कार्यक्रम रहेको छ ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दिनुभएको
शुभकामना सन्देश https://nepalkatha.com/wp-content/uploads/2019/04/Suvakamana-Sandesh_Hon.-Minister_final.pdf

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here