पाँचथर । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको सिमानामा फैलिएको गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको संरक्षणमा तिनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिइएको छ ।
तीनजुरे मिल्के जलजले क्षेत्र व्यवस्थापन सम्वन्धी बृहत अन्तरक्रिया कार्यक्रममा तीनवटै जिल्लाका सरोकारवाला व्यक्ति तथा निकायहरुले तीन तहका सरकारले साझा दायित्वको रुपमा लिनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यस क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि नेपाल सरकारले आवश्यक पहल लिइरहेको बताउनुभयो । तर प्रदेश सरकार र स्थानीय निकायले पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पत्नी सत्या पहाडीका साथ यहाँ आइपुग्नु भएका मन्त्री बस्नेतले स्थानीयको भावना अनुसार सबै सरकारले काम गर्नुपर्ने बताउनु भयो ।
सो कार्यक्रममा सांसद योगेश भट्टराईले प्राकृतिक स्रोतको संरक्षण गर्दा स्थानीयको जनजीवनमा नकारात्मक असर पु¥याउन नहुने बिचार व्यक्त गर्नुभयो । यो क्षेत्र लाली गुराँसका सबैभन्दा बढी प्रजाति पाइने क्षेत्रको रुपमा चिनिन्छ ।