नेपाली सेनाले खोल्यो ८ हजार १०२ दरबन्दी (बिज्ञापन सहित)

काठमाडौँ । नेपाली सेनाले स्वीकृत रिक्त दरबन्दीको विभिन्न पदमा ८ हजार १०२ दरबन्दी पदपुर्ति गर्न खुला र समावेशी प्रतिस्पर्धाबाट कर्मचारी मागेको आठ हजारभन्दा बढी कर्मचारी माग गरेको छ।

भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा लगायत २९ केन्द्रमार्फत् इच्छुक योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

लेखा जमदार कर्मचारी , सहायक पण्डित हुद्धा , अमल्दार कर्मचारी , सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्य बादन ९ब्रास ब्याण्ड० तथा विभिन्न ट्रेडका फलोवर्स पदहरुमा सेनाले दरखास्त आव्हान गरेको हो।

लेखाका जमदारका लागि प्लस टु पास, अलददारका लागि एसईई पास, ड्राइभरका लागि कक्षा ८ पास गरेको हुनुपर्छ। आजदेखि जेठ १ गतेसम्म दरखास्तका लागि समय छ। सेनाले मंगलबारको गोरखापत्रमा सूचना निकालेर रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here