चितवनको भरतपुर एक हप्ता अन्धकार हुने

रत्ननगर । भरतपुर सवस्टेशनमा रहेका ‘फिडर’ मा दैनिक चारदेखि पाँच घण्टासम्म विद्युतभार कटौती हुने भएको छ ।

शुक्रबारदेखि सो सवस्टेशनका १५ एमभिएका ट्रान्सफर्मर हटाएर ३० एमभिएका ट्रान्सफर्मर राख्ने काम शुरु गरिएकाले दैनिक तीन पटकसम्म गरी पाँच घण्टा विद्युतभार कटौती गरिने विद्युत् प्राधिकरण कार्यालयका प्रमुख सुरेशकुमार महतोले जानकारी दिनुभयो ।

“एक हप्तासम्म १५ एमभिए ट्रान्सफरमर परिवर्तन गरी सक्छौ”, उहाँले भन्नुभयो, “यो काम सकेपछि २२ एमभिएका ट्रान्सफर्मर पनि परिवर्तन गर्ने र ३७ एमभिए क्षमतालाई ६० पु¥याउछौ ।” बढ्दो शहरीकरणसँगै अत्यधिक विद्युतको माग र ट्रान्सफरमरले लोड नधानेपछि क्षमता वृद्धि गर्नु परेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख महतोले यो समयमा माडी, चनौली, गीतानगर, रामपुर फिडरमा जोडिएका ग्राहकको विद्युत आपुर्ति बन्द नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here