लोकल कुखुरामा पनि बर्डफ्लू…

मध्यबिन्दु । नवलपरासीको मध्यबिन्दु नगरपालिका २ को कुखुरा फार्ममा बर्डफ्लू भेटिएको छ ।

नन्दपुरका पिताम्बर महतोले पालेका कुखुरा धमाधम मर्न थालेपछि चितवनको राष्ट्रिय पन्छी प्रयोगशालामा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो । महतोको घरमा रहेका अन्य सबै कुखुरा नष्ट गरिएको छ ।

महतोले पालेका १ सय ८१ वटा हाँस, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली सुरक्षित तरिकाले नष्ट गरिएको छ ।

आसपासका क्षेत्रमा बर्डफ्लू भएरनभएको पत्ता लगाउनका महतोको घर आपासका अन्य कुखुरा तथा हाँसहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाएको छ । यस्तै, बर्ड फ्लूको संक्रमण बढ्न सक्ने भन्दै कुखुरा नपाल्न पशु सेवा कार्यालयले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here