काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट प्रहरीले एक लाख अमेरिकी डलर सहित भारतीय महिलालाई पक्राउ गरेको छ ।
नेपाल एयरलाईन्सबाट भारतको मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीलाई शुक्रबार सय दरको एक हजार थान नोटसहित प्रहरीले पक्राउ गरेको हो। विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार सोनीले ब्यागमा लुकाएर उक्त डलर लुकाएर ल्याएकी थिइन्।
प्रहरीले पूर्व सूचना का आधारमा पक्राउ गरेको जनाएको छ । सादा पोशाकका प्रहरी परिचालन गरेर पक्राउ गरेका हौं,’ भण्डारीले भने’, हाइड्रोपावरमा लगानी गर्ने भनेर बताएकी थिइन्।’ अन्नपुर्णले जनाए अनुसार यस सम्बन्धमा प्रहरी अनुसन्धान भइरहेको छ।