गाउँ गाउँमा विद्युत् सेवा पुग्दै

काठमाण्डौं । हालसम्म पनि विद्युत् सेवा पुग्न नसकेको तनहुँको ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुलीको सुविधा नपुगेका गाउँमा विद्युत् सेवा पु¥याउन काम तीव्र पारेको हो ।

चालू आर्थिक वर्षको असारसम्म बिजुली नपुगेका तीन प्रतिशत घरधुरीमा बिजुली बाल्ने गरी काम अन्तिम चरणमा पुगेको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो । गोशलीका अनुसार तनहुँका ८२ घरधुरीमा मात्रै विद्युत सेवा पुगेको छ भने चालू आर्थिक वर्षमा तीन प्रतिशत घरधुरीमा बिजुली पुग्नेछ ।

गोशलीका अनुसार चालू आर्थिक वर्षमा दुई हजार घरधुरीमा बिजुली पुग्नेछ । चालू आर्थिक वर्षमै आँबुखैरेनी गाउँपालिका–६ ढेडगाउँको ११०, बन्दीपुर गाउँपालिका–६ ग्याजाटारको ९६, साराङघाटको ११०, रिसिङ गाउँपालिका नाजुङको १२० घरधुरीमा बिजुली बलिसकेको छ ।

रिसिङ गाउँपालिका–२ दुवुङको १२०, खाल्टुभञ्ज्याङको १२०, रिसिङ गाउँपालिका–४ गुम्लेकको ६० र व्यास नगरपालिका–१३ सुढेपुलको १५ घरधुरीमा बिजुली पु¥याउन विद्युतीकरणको काम भइरहेको गोशलीले जानकारी दिनुभयो ।

विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण भइरहेको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पु¥याइनेछ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पु¥याइनेछ ।

त्यसैगरी बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका वडा नं ६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिंमार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिने गोशलीले जानकारी दिनुभयो । विद्युतीकरणका लागि घिरिङ र खैरेनीटारमा आठ÷आठ एमबिएको सवस्टेशन निर्माणाधीन अवस्थामा रहेको छ । सोही सवस्टेशनबाट त्यस भेगका ग्रामीण क्षेत्रमा विद्युत् पु¥याइनेछ ।

तनहँु जिल्लाका ७८ हजार घरधुरीमध्ये यही असारसम्म ८५ प्रतिशत घरधुरीमा बिजुली पुग्ने र बाँकी घरधुरीमा डेढ वर्षभित्र विद्युत् पु¥याउने लक्ष्य रहेको गोशलीले जानकारी दिनुभयो । सवस्टेशन निर्माण र विद्युतीकरणका लागि रु ८५ करोड विनियोजन भएको छ । उहाँले भन्नुभयो, “कुनै बाधा अवरोध नभएको खण्डमा डेढ वर्षभित्र सबै घरधुरीमा बिजुली पुग्छ ।”

केन्द्रले दुई वर्षभित्र सबै काठेपोल विस्थापन गर्ने अभियानसमेत सञ्चालन गरेको छ । जिल्लाभर १२ हजार काठेपोल रहेकाले र यो वर्ष तीन हजार काठेपोल विस्थापन गरिने गोशलीले जानकारी दिनुभयो । उहाँका अनुसार काठेपोल विस्थापनका लागि प्रदेश सरकारमार्फत स्थानीय तहमा दुई हजार ६०० पोल आएको र केन्द्रको समेत आफ्नै कार्यक्रममार्फत काठेपोल विस्थापनको तयारी भइरहेको छ ।

उहाँले भन्नुभयो, “चुनावको बेला उम्मेदवारले विद्युत्लाई प्राथमिकतामा राखेर प्रतिबद्धता जनाएको कारण विद्युतीकरणमा स्थानीय सरकारको समेत अत्यधिक चासो रहेको छ । स्थानीय र प्रदेश सरकारले समेत विद्युतीकरणका लागि केही रकम छुट्याएका छन् ।’ उहाँका अनुसार १२ हजार काठेपोल विस्थापनका लागि मात्रै रु ३० करोडभन्दा बढी बजेट आवश्यक पर्दछ ।

केन्द्रले भोल्टेज नपुगेको, बस्ती विस्तार भएका ठाउँमा ट्रान्सफर्मर थप गरिरहेको छ । जसअनुसार बन्दीपुर गाउँपालिकामा चार, भानु नगरपालिकामा चार , व्यास नगरपालिकामा सात ठाउँमा र म्याग्दे गाउँपालिकामा नयाँ ट्रान्सफर्मर थप गरिएको छ । केन्द्रले नाङ्गो तार विस्थापन अभियानसमेत सञ्चालन गरिरहेको छ ।

जसअनुसार हालसम्म व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका केही ठाउँमा नाङ्गो तार विस्थापन गरी इन्सुलेटर तार परिवर्तन गरिएको छ । कार्यालयले अर्थिङ सुधार, ड्रपआउट र फ्युज परिवर्तनका लागि चालू आर्थिक वर्षमा रु साढे चार करोड बजेट विनियोजन गरेको थियो ।

विद्युत गइरहने समस्या समाधानका लागि २४ एमबिएको तीन सवस्टेशन निर्माण भइरहेको छ । हाल दमौलीमा १६ एमबिए, डुम्रेमा आठ एमबिए र आँबुखैरेनीमा सात एमबिएको सवस्टेशन चालू अवस्थामा छन् ।

निर्माणाधीन सवस्टेशन निर्माण सम्पन्न भएपछि विद्युत् गइरहने समस्या नआउने गोशलीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले २० एमबिए विद्युत्को माग छ भने नयाँ विद्युतीकरण सम्पन्न भएपछि पाँच एमबिए बढ्नेछ । उहाँले भन्नुभयो, “५५ एमबिएमध्ये २५ एमबिए मात्रै विद्युत् खपत हुन्छ, यसले विद्युत् भार हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here