त्रिशूली दुर्घटना, मृतकको संख्या ९ पुग्यो

धादिङ । गजुरी ६ बन्छेटारस्थित पृथ्वीराजमार्गबाट आइतबार बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

मृत्यु हुनेमा एक महिला र ८ जना पुरुष रहेको उद्धारमा खटिएका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नंबरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो ।

मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरिका ३६ वर्षीय सीता थपलिया, इलाम कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ मलेखुका ४३ वर्षीय राजन आचार्य रहेका छन् ।

मृतक आचार्य वेनीघाटको मलेखु बजारबाटै काठमाडौं जान बस चढेका थिए । अन्य मृतकमा ठेगाना नखुलेका शेखर मगर, प्रशाश श्रेष्ठ छन् । दुई जनाको भने सनाखत हुन सकेको छैन ।

चालक परिवर्तनले बस दुर्घटना

घाइतेहरुले चालक परिवर्तन भएको केहीबेरमै बस दुर्घटना भएको बताएका छन् । गजुरी अस्पतालमा उपचाररत एक घाइते भन्छन्, ुचालक परिवर्तन भएको केहीबेरमै दुर्घटना भयो ।

दुर्घटना हुनुभन्दा ८ किमि वरै गलौंदीमा डिजेल राखिएको थियो । तेल हालेपछि चालक परिवर्तन भएको थियो । काठमाडौंको मेडिसिटीमा उपचार गराइरहेका २९ जना घाइतेहरुमध्ये एक जना क्यामरुङ्गका नागरिक पनि छन् । कान्तिपुरका अनुसार उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here