नेपाल बलियो भएर उपस्थित हुँदैछ : वन सचिव कँडेल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६ ) मा यो पटक नेपाल विगतको भन्दा बलियो भएर प्रस्तुत हुने बताएका छन् ।

कोप २६ मा नेपालको तयारी बारे सरोकारवालाहरुसँग गरिएको छलफल कार्यक्रममा सचिव डा. कँडेलले भने, ‘‘नेपाल सधैँ अभाव, अनिकाल र जोखिमको स्थिति देखाउन मात्र जाने मुलुक होइन । हाम्रा असल सिकाई र ज्ञानलाई देखाउन नेपाल सक्षम छ भन्ने कुरा लिएर हामी कोपमा उपस्थित हुँदैछौँ ।’’

उनले भने, राष्ट्रिय अनुकुलन योजना अन्तिम चरणमा पुगेको छ । यसलाई स्वीकृत गरेर हामी त्यहाँ जाने अवस्थामा पुगेका छौँ ।

जलवायु परिवर्तन, अनुकुलन तथा जलवायु वित्तसँग काम गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ÷संस्था तथा सरोकारवाला सरकारी निकायका प्रमुख तथा प्रतिनिधिसँगको छलफल कार्यक्रममा सचिव डा. कँडेलले भने, नेपाल पेरिस सम्झौताको मार्गचित्र अनुसार हिडिरहेको छ । अब कार्यान्वयनको चरणतिर जाँदैछ । यो नेपालका लागि ठूलो उपलब्धी हो ।

उनले भने, यो पटक नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ‘स्ट्रङ्ली पार्टीसिपेसन’ हुँदैछ । नेपालले आफ्नो सहभागिता उच्च तयारीका साथ गरिरहेको छ । यो पटक अरु बेलाको भन्दा फरक तरिकाले हामी तयारी गरिरहेका छौँ ।

नेपालको तर्फबाट भइरहेको तयारीका बारेमा वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. राधा वाग्लेद्धारा प्रस्तुती गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here