शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा

काठमाडौँ । शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त हुनु भएको छ । देवकोटालाई शिवम सिमेन्टस् लिमिटेडको कम्पनी सञ्चालक समितिको ५१ औं बैठकले यही २०७५ साल चैत्र १ गतेका दिन देखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

विगत २२ वर्ष देखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका देवकोटा विगत करिव ४ वर्ष देखि शिवम सिमेन्टमा आवद्ध रहँदै आउनु भएको थियो ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटा लामो समय देखि नेपाली विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरु नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल, नेविको विस्कुट लिमिटेड, चौधरी ग्रुप नेपाल लगायतका प्रतिष्ठित औद्योगिक प्रतिष्ठानमा समेत रही व्यवस्थापकीय कार्य अनुभव हासिल गरि एउटा कुशल व्यवस्थापक पहिचान बनाइसकेका व्यक्ति हुनुहुन्छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटाले आफुले यो कम्पनीलाई थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपालको क्लिंकर तथा सिमेन्ट उद्योगको जगतमा शिवम सिमेन्टको सबै कोणबाट अग्रस्थान कायम राख्न सदा सफल हुने कम्पनीले विश्वास लिएको छ ।

शिवम् सिमेन्ट लिमिटेड सन् २००९ देखि नेपालको केन्द्र भाग हेटौँडामा स्थापित भई अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवमप्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । साथै शिवम् सिमेन्टस्ले हालै सर्वसाधारणमा प्रिमियम मूल्यमा शेयर जारी गर्ने निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here