ग्यास सिलिन्डर विस्फोट, एकजनाको मृत्यु

काठमाडौं । राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो सुकेधाराको एक शैलुनको किचनमा ग्यास विस्फोट हुँदा एकजनाको मृत्यु भएको हो। अन्य पाँचजना घाइते भएका छन् ।

प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन। अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here