सिरियामा २८ लडाकूको मृत्यु

दमास्कस । सिरियाली सरकारी फौजको कारबाहीमा आइतबार काफ्र नबुदाहको बाहिरी इलाकामा कम्तीमा २८ जना लडाकूकको ज्यान गएको युद्ध अनुगमनकर्ताले बताएका छन् । मध्यसिरियाको हामा प्रान्तमा भएको उक्त कारवाहीपछि सरकारी फौजले काफ्र नबुदाहलाई पनि पुनःनियन्त्रणमा लिएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सकाअनुसार अल–कायदासँग निकट सम्बन्ध रहेको नुस्रा फ्रन्टसँग आबद्ध हायात तहरिर अल–शाम (एचटीएस)बाट उक्त शहर सिरियाली सेनाले कब्जामा लिएको हो ।सिरियाली सेनाले कफ्र नबुदाहलाई नियन्त्रणमा लिने क्रममा करिब ६७५ पटक हवाई आक्रमण गरेको थियो । अब्जरभेटरीकाअनुसार शहरका पूर्वी र उत्तरी भेगमा पनि भिडन्त जारी छ ।

सिरियाली सेनाले गत मे ८ मा कफ्र नबुदाहलाई आफ्नो नियन्त्रणमा लिए पनि मे २२ मा विद्रोहीले पुनः कब्जा लिएका थिए । कफ्र नबुदाह उत्तरी र दक्षिणी सिरियाको मध्य भागमा रहेकाले पनि रणनीतिक महत्वको शहर हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here