धनगढी स्थित एक होटलमा युवकको शव फेला

धनगढी । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित एक होटलमा आज युवकको नग्न अवस्थामा शव फेला परेको छ ।

श्रीपाल होटलको कोठा नम्बर १०५ मा धनगढीको तारानगरका ३० वर्षीय आदर्श भट्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

मृतक भट्टसँगै सो कोठामा यही वैशाख १० गतेबाट बस्दै आएका धनगढी उत्तरबेहडीका प्रकाश चौधरी र यसपाल मल्ललाई घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here