निर्यातमूलक उद्योगको संख्या घट्दै

काठमाडौँ । वर्तमान सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिएर आयात प्रतिष्थापन गर्ने भने पनि नेपालमा भने पछिल्लो चरणमा निर्यात गर्ने मालबस्तु उत्पादन गर्ने उद्योगको संख्या बढ्नुको सट्टा घट्दै गएको छ । हेटौडा औद्योगिक क्षेत्रमा गरिएको एक अध्ययनमा सो क्षेत्रमा भारत तथा तेस्रा मुलुकमा निर्यात गर्ने उद्योगको सङ्ख्या वर्षेनी घट्दै गएको छ ।
नेपालबाट भारत तथा तेश्रो मुलुकमा निकासी गर्दै आएका निर्यातमूलक उद्योग र निर्यात व्यापार घटेसँगै नेपालको अन्य देशसँगको व्यापार घाटा बढ्दो छ ।
गत आर्थिक वर्षमा मकवानपुरका तीनवटा उद्योगले निकासी गरेकोमा चालु आर्थिक वर्षमा भारत तथा तेश्रो मुलुकमा निर्यात गर्ने उद्योग दुईवटा मात्र रहेका छन् । गत आर्थिक वर्षको पहिलो छ महिनामा बालाजी नेचुरल ईण्डष्ट्रिज, सिएसआइ नेपाल प्रा.लि. र प्रोजिओकेम प्रा.लि. ले निर्यात गरेको उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
तर चालु आर्थिक वर्षमा सिएसआइ नेपाल प्रा.लि. र नेपाल ईकरात इन्जिनियरिङ्ग कम्पनी प्रा.लि. गरी दुईवटा उद्योगले मात्र निर्यातको काम गरिरहेका छन् ।
अघिल्लो आर्थिक २०७३÷०७४ मा एशियन पेन्टस् नेपाल प्रा.लि., बालाजी नेचुरल ईण्डष्ट्रिज, सिएसआइ नेपाल प्रा.लि., नेचुरल फ्लावर एण्ड हर्बल, नेपाल ईकरात इन्जिनियरिङ्ग कम्पनी प्रा.लि., प्रोजिओकेम प्रा.लि. र यति पोलिकेम प्रा.लि. ले भारत तथा तेश्रो मुलुकमा आफ्नो उत्पादन निर्यात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here