रतुवा मृत फेला

रुकुमपुर्व । छिप्रीदह बजार नजिक आज रतुवा मृत फेला परेको छ । सिस्ने गाउँपालिका–६ स्थित छिप्रीदह बजारको छेउमा बेवारिसे अवस्थामा १५ किलोको पोथी जातिको रतुवा मृत फेला परेको हो ।

गए रातिको हावाहुरीका कारण जङ्गलबाट रतुवा बजार छिरेको हुनसक्ने अनुमान गरिएको छ । मृत फेला परेको रतुवा जिल्ला वन कार्यालय रुकुमपूर्वलाई बुझाइएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । रतुवालाई ढुङ्गाले हानेर मारिएको जिल्ला वन अधिकृत देसिन्द्रराज सुवेदीले बताउनुभयो । रतुवा मार्ने व्यक्तिको खोजी भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here