सालक भेटियो

विदुर । नुवाकोटको विदुर–५ स्थित पिपलटारको ठूलोगाउँमा बिहान जङ्गलबाट आइरहेको एक लोपोन्मुख सालक भेटिएपछि स्थानीयवासीले प्रहरीमा बुझाएका छन् ।

गाउँ नजिकैको जङ्गलबाट बाहिर आएको सालकलाई कुकुरले आक्रमण गरिरहेको अवस्थामा स्थानीयवासीले बचाएर ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फँुयालले बताउनुभयो । उहाँका अनुसार सालक विहानीपख खेल्दै जङ्गलबाट बाहिर निस्केपछि कुकुरले हमाला गर्न थालेको थाहा पाएर स्थानीयवासी दीपेन्द्र पौडेललगायतको टोलीले बचाएर प्रहरीलाई बुझाएका थिए ।

प्रहरीले सालकलाई जिल्ला वन कार्यालयमा बुझाएको छ । वन कार्यालयले सालकलाई नजिकको वन, वनदेवीमा लगेर छाडिदिने जनाएको छ । लोपोन्मुख सालक रेडपाण्डा जतिकै महत्वको रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here