बाके । शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्जको चर्को गर्मी छल्न १० हजार ठूला रुख रोप्ने तयारी भइरहेको बताउनुभएको छ । आज नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उहाँले १० हजार ठूला रुख रोप्ने योजना सार्वजनिक गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “असाध्यै गर्मी हुने नेपालगञ्जमा हराभरा नभई नहुने रहेछ, देशकै सबैभन्दा धेरै गर्मी हुने शहरका रुपमा रहेको यहाँ हरिया रुखहरु नै छैनन्, यहाँको गर्मी छल्न १० हजार ठूला रुख रोप्ने योजना बनाएका छौँ ।” मन्त्री राईले नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरेर कामको थालनी गरिने बताउनुभयो ।
“उपमहानगरपालिकाका मेयरसँग छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “अधिकांश ठाउँमा सडक विस्तार भइसकेको र रुख रोप्नका लागि आवश्यक पर्ने खाली रहेका ठाउँमा रुख रोप्ने योजना छ ।” उहाँका अनुसार बिरुवा लगाउँदा ठूलो हुन समय लाग्ने भएकाले सम्भवत केही ठूला रुख नै उच्च प्रविधिको प्रयोग गरेर लगाउने योजनामा शहरी विकास मन्त्रालय रहेको छ ।

































