कुटिए वन कर्मचारी

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका भित्र रहेको विशाल सामुदायिक वनमा अवैध रुपमा भएको काठ कटानी भएको घटनाको स्थलगत अनुगमनमा निस्केका वन कर्मचारीमाथि कुटपिट भएको छ । वन कर्मचारीमाथि सो सामुदायिक वनका उपभोक्ताहरुले कुटपिट गरेका छन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरबाट गएका वन रक्षक जोखनलाल गडरियालाई सामुदायिक वन उपभोक्ता समितिको आँगनमा आइतवार निजमाथि कुटपिट भएको हो । कुटपिट गर्नेमा समितिका धनबहादुर ठकुल्ला र रमेश बुढा रहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुईजनाले च्यापेर कुटपिट गर्दा गडरियाको ढाडमा गम्भीर चोट लागेको छ । सो घटनाको डिभिजन वन अधिकृत अजयबिक्रम मानन्धरले एक प्रेस विज्ञप्ति मार्फत घोर भत्र्सना गर्नुको साथै घटनामा संलग्न दोषिमाथि कडा कारवाहीको माग गर्नुभएको छ ।

थप विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here