काठमाडौँ । यस अघि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट सार्वजनिक हुने आधिकारिक निर्णय, निर्देशन तथा आदेशहरु सार्वजनिक हुने फेसबुक पेज बिहीबार साँझ हटाइएको छ ।
दिउँसो उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले शुक्रवार र शनिवार उपत्यकाबाट बाहिर जान दिने भन्ने निर्णय पनि यही फेसबुक पेजबाट सार्ववनिक भएको थियो । पछि प्रदेश सरकार, यातायात व्यवसायी तथा स्थानीय तहबाट तयारी बिनाको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै बिरोध भएपछि सो पेजमा अपडेट गर्दै निर्णय सच्याएको पनि सोही फेसबुक पेजबाट सार्वजनिक गरिएको थियो ।

अपडेट भएको सूचनाका बारेमा सर्वसाधारणमा झन नराम्रो टिप्पणी हुन थालेपछि एक घण्टा भित्रै सो दुबै पोष्ट डिलेट गरिएका थिए ।
तर अहिले त यो पेज नै डिलेट गरिएको छ । अहिले यो पेज खोल्न खोज्दा पेज नै भेटिदैन ।