१२२ बिगाहा वन क्षेत्रको दर्ता बदर

रौतहट । राष्ट्रिय वन, सबैको धन भन्ने उक्ति पछिल्लो दिनमा चरितार्थ हुन थालेका बेला डिभिजन वन कार्यालय रौतहटले भने राष्ट्रिय वनलाई आफ्नो नाउँमा दर्ता गरेको केही व्यक्तिको जग्गा दर्ता बदर गरेको छ ।

रौतहट जिल्लाको साविक रंगपुर गाउँ विकास समिति अन्तर्गत रहेको राष्ट्रिय वनको १२२ बिगाहा जग्गालाई आफ्नो नाउँमा दर्ता गरेको केही व्यक्तिको जग्गा बदर गर्ने निर्णय गरेको छ ।

सरकारी सम्पत्तीलाई आफ्नो हो भनि दर्ता गर्ने २६ जना रहेको पनि डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । यो घटनाले सबै राष्ट्रसेवक गतल हुँदैनन् र नियम कानुनको पालना गराउने असल नियतका व्यक्ति पनि सरकारी निकाय बसेका हुन्छन् भन्ने कुरा प्रमाणित गरेको छ ।

वनलाई आफ्नो नाउँमा जग्गा दर्ता गराएका सबै श्रेष्ता बदर भएको सूचना सो कार्यालयले सार्वजनिक गरेको छ ।

(थप जानकारी सूचनाबाट)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here