एसिया प्यासेपिक क्षेत्रबाट बर्दिया राष्ट्रिय निकुञ्ज उत्कृष्ट

काठमाडौँ । जर्मनीमा आयोजित विश्वकै ठूलो पर्यटन मेला आईटीबी बर्लिनमा दिगो पर्यटन गन्तव्यहरुमध्ये एसिया प्यासिफिक क्षेत्रबाट पश्चिम तराई क्षेत्रमा अवस्थित बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत भएको छ ।

मेलाका अवसरमा आयोजित एक भव्य समारोहमा बर्दियाले उत्तरदायी पर्यटनमा गरेको प्रयत्नहरु र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आईटीबी मेला आयोजक र ग्रीन डेस्टिनेशन संस्थाले संयुक्त रुपमा यो सम्मान प्रदान गरिएको हो ।

यस पुरस्कारसँगै नेपाल ग्रीन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ । दिगो पर्यटन विकासमा काम गर्ने संस्थाहरुको सर्वोच्च संस्थाका रुपमा रहेको यस नेटवर्कमा समावेश हुन पाउनु बर्दिया र समग्र रुपमा नेपालकै गौरवको विषय भएको छ ।

नेपालले विशेषतः दिगो पर्यटन विकासका क्षेत्रमा गरेको पहल, बर्दियालगायतका क्षेत्रमा बाघको संख्यामा देखिएको दोहोरो वृद्धिका कारणहरु नै बर्दियालाई यो सम्मान प्रदान गरिएको आयोजक संस्थाले बताएको छ ।

नेपालको संरक्षण अभियानमा चितवन पछि बर्दिया राष्ट्रिय निकुञ्जको ठूलो योगदान रहँदै आएको छ । विशेष गरेरे बाघ तथा गैँडा संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जले नेपालको शिर उचो राख्न मद्धत गरिरहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको यही विशेषताहरुको जानकारी विश्वव्यापी गराउने नेपाल पर्यटन बोर्डको अभियानलाई अगुवाइ गर्ने प्रमुख कार्यकारी दीपकराज जोशीले बर्दियाका लागि यस सम्मानको ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here