बेपत्ता यात्रुको पुत्ला बनाएर अन्तिम संस्कार

हुम्ला । कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ ।

गत मङ्गलबार (असार ३ गते) खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खस्दा उपाध्यक्ष शाहीसहित ११ बेपत्ता भएका थिए ।

बुधबार अपराह्न १ः३० बजेदेखि घटनास्थलमा पुगेको गोताखोरको टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि शव नभेटिएपछि हिन्दू धर्मअनुसार आफन्तले बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका नौ जनाको छुट्टाछुट्टै दाहसंस्कार गरेका हुन् ।

बेपत्ता जिप र शवको खोजीकार्यमा कुनै प्रगति नभएपछि बिहीबार स्थानीयवासीको मागअनुसार बेपत्ता भएका नौ जनाकै कुशको पुत्ला बनाएर दाहसंस्कार गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो ।

अध्यक्ष रावलका अनुसार बेपत्ता भएकी खार्पुनथाकी उपाध्यक्ष शाहीको पुत्लामा उनका पति धीरेन्द्र शाही र छोराले दागबत्ती दिएका छन् । आफन्त र गाउँपालिकाका स्थानीयवासीको उपस्थिति भएको दाहसंस्कारमा पालिका अध्यक्ष रावलले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो भने नेपाली काङ्ग्रेसका जिल्ला सचिव महनविक्रम सिंहले नेपाली काङ्ग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जलि दिनुभएको थियो ।

जिप दुर्घटनामा बेपत्ता भएका काठमाडौँका राजु श्रेष्ठ र एक जना नाम नखुलेका कुकको भने दाहसंस्कार गरिएको छैन ।

x’Dnf, % c;f/ -/f;;_ ut d+unaf/ x’Dnfsf] vfk'{gfy ufpFkflnsf % df b’3{6gf eO{ s0ff{nL gbLdf v;]sf] lhkdf ;jf/ ofq’sf] laxLaf/ vf]lh ub}{ g]kfnL ;]gfsf] x]lnsK6/ . gbLsf] axfj a9]kl5 vf]lh sfo{df sl7gfO{ ePsf] 5 . t:jL/ M bfg] af]x/f, x’Dnf

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here