वन तथा वातावरण सम्बन्धी दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाकोे बैठकले वन र वातारणसित सम्बन्धित दुई विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।

बिहीवारको बैठकले पारित गरेका ती विधेयकमा वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ रहेका छन् ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ती दुई विधेयकलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here