काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीवार राती देखि नै बदली भई काठमाडौँ उपत्यका वरपर हल्का वर्षा भएपछि उपत्यकाको तापक्रम निकै कमजोर भएको छ ।
शुक्रवार बिहानादेखि आकाशभरी बाक्लो बादलले ढाक्दा अझै घाम झुल्किन सकेको छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रवार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।