बाघ मान्छे नदेखिने ठाउँमा लुकाए

एक साता अघि चितवनबाट नियन्त्रणमा लिएर चिडियाखानामा ल्याइएको पोथी बाघ अहिले मान्छे नदेखिने ठाउँमा लुकाएर राखिएको छ । बाघ यताउता भाग्न खोज्दा चोटपटक नलागोस भनेर मान्छे नदेखिने ठाउँमा लुकाएर राखिएको हो।

एक साता अघि मात्र नियन्त्रणमा लिएर ल्याइएको भएर उक्त पोथी बाघको जङ्गली व्यवहार भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।भर्खरै मात्र नियन्त्रण लिइएको भएर अहिले मान्छे देख्ने बितिकै तर्सने र झम्टने स्वभाव रहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषकी सूचना अधिकारी लिना चालिसेको अनुसार बाघ एक्दमै रिसाहा स्वभावको छ । बाघको रेखदेख र खाना दिनको लागि पनि अहिले एक जना मन्छेलाई मात्र जिम्मा दिइएको छ। खाना पनि अहिले उक्त बाघलाई टाढैबाट दिइने गरेको छ । मान्छेलाई नदेख्ने गरी बाघले खाना मिल्ने व्यवस्था गरिएको चालिसले बताइन ।

बाघ स्वास्थ्य दृष्टिकोणबाट भने राम्रो स्वस्थ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

एक देखि तीन महिना पछि मान्छेसँग घुलमिल हुन थालेपछि अरू बाघलाई जस्तै यो बाघलाई पनि खोरमा राखिने छ । कम्तीमा पनि एक महिना सम्म घुलमिल हुनका लागि बाघलाई लुकाएर नै राख्नु पर्ने हुन्छ ।

यो बाघलाई अहिले पाँच केजीकाे राँगाको मासु दिनमा एक पटक दिइने गरेको छ । अन्य बाघलाई भने पाँच देखी सात केजी हाराहारिमा दिनको एक पटक राँगाको मासु खान दिइन्छ ।

चितवनमा मानिसको निजी जङ्गलमा पसेको पोथी बाघलाई पुस १८ गते उद्धार गरिएको थियो । भरतपुर महानगरपालिका २५, बयरघारीबाट दुई दिनको प्रयासमा उक्त बाघलाई उद्धार गरिएको थियो ।

आमासँग छुटेर आफ्नो स्थान विस्तारमा सो क्षेत्रमा आएको हुन सक्ने अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार आफ्नो क्षेत्र पहिचान गर्ने समस्या हुन सक्ने भएकोले बाघलाई सदर चिडियाखानामा पठाइएको थियो । बाघले वस्तु आक्रमण गरेर समुदायलाई नै त्रसित पादै आएको थियो ।

मान्छे पनि आक्रमण गर्ने खतरको स्थानीयले उद्धारको लागि चितवन राष्ट्रिय निकुञ्जमा खबर गरेका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोष ,जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौंला र चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डे नेतृत्वमा बाघ उद्धार गरेर बाघलाई  वन्यजन्तु एम्बुलेन्समा हालेर  चिडियाखाना ल्याइएको थियो ।

सदर चिडियाखानाको लागि यो पहिलो पोथी बाघ हो । चिडियाखानामा भएका अन्य तीन भने भाले बाघ रहेको छ ।

सदर चिडियाखानामा रहेका भाले बाघ कान्छो १५ वर्षको, बाङ्गे बाघ १२ वर्षको र प्रताप ५ वर्षको रहेका छन् ।

मान्छे खाने बाघ बाङ्गे र प्रताप पनि चितवन राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएर चिडियाखानामा ल्याइएको थियो । प्रतापलाई साढे दुई महिना मान्छे नदेखिने ठाउँमा राखिएको थियो ।चिडियाखानामा भएका सबै बाघको नाम राखिन्छ अब नयाँ आएको बाघ नाम पनि छिट्टै राखिने राष्ट्रिय प्रकृति संरक्षण कोषले छ ।

साभार् नेचर खबर

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here