काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले आईतवार माथिल्लो त्रिशुली थ्री बी आयोजनाको शिलान्यास गर्नुभएको छ ।
३७ मेगावाट उत्पादन क्षमताको सो आयोजनाको नुवाकोट किस्पाङ गाउँपालिका वा न ५ पैरेबेशीमा निर्माण हुन लागेको आयोजनाको शिलान्यास गरिएको हो ।
आयोजनामा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको मूख्य लगानी रहेको छ । सो शिलान्यास कार्यक्रममा मन्त्री पुनले आगामी १० वर्षमा नेपालमै १० हजार मेगावाट विद्युत थप उत्पादन गर्ने बताए ।
देशमा आर्थिक वृद्धिदर बढाउनको लागि ठूला उद्योग स्थापना गर्नुपर्ने र त्यसको लागि विद्युतमा आत्मनिर्भर हुनुपर्ने उनले वताए । नुवाकोटमै अबको केही महिनामा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रिए सम्पन्न हुने उनले बताए ।
आगामी वर्ष ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले विद्युत उत्पादन गर्न थालेपछि ऊर्जा आयात गर्नु नपर्ने मन्त्री पुनले उल्लेख गरे । सबै निर्माणाधीन विद्युतका संरचना निर्माण गरेपछि नेपालले हाल मागको ५० प्रतिशत अर्थात वार्षिक १८ अर्ब रुपैयाँको विद्युत आयात कटौति भई व्यापार घाटामा कमी आउने बताए । ‘विद्युत धेरै खपत हुने उद्योग स्थापना गर्ने, खाना पकाउनेदेखि यातायातसमेत विद्युतबाट सञ्चालन गर्ने वातावरण बनाउने छौ’ उनले अगाडि भने ।
देशलाई अव जलविद्युतकै माध्यमवाट देशमा आयात भइरहेको वार्षिक २४ अर्व रुपैयाँको ग्यास आयात अन्त्य गरिने दावी उनले गरे । अवको केही वर्षमै आम नेपालीको घरमा ग्यासको होइन, विद्युतवाट चल्ने इन्डक्सन चुल्होवाट खाना पकाउने स्थितिको सुरुवात गरिने मन्त्रि उनले दावी गरे ।
विद्युत प्राधिकरणको स्वामित्वमै नुवाकोटमा २१ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत केन्द्र सन्चालित छन् । कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा अध्यक्ष कुलमान घिसिङले माथिल्लो त्रिशूली थ्रिबी निर्धारित समयभन्दा अगाडि नै निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो र नियमित विद्युत् आपूर्तिमा ठूलो योगदान पुग्ने बताए ।
इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग गत २०७४ साल माघ २९ गते कुल तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र एक अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । घिसिङले ठेक्का सम्झौताअनुसार, ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रो–मेकानिकल र हाइड्रो–मेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्ने बताए ।
घिसिङले ठेकेदार कम्पनीले हाल निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण निर्माण उपकरण तथा सामाग्रीको परिचालन गरी मुख्य सुरुङ ९३ हजार ८ सय मिटर०, विद्युत गृह, सर्ज ट्यांक लगायतका संरचनाको काम सुरु गर्ने अवस्थामा रहेको जानकारी दिए । २५ महिना निर्माण अवधि रहेको आयोजनाको काम आगामी २०७७ साल फागुन २९ गतेभित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको उनले बताए ।
वाकोटको किस्पाङ र रसुवाको शान्तिवजारमा निर्माण हुने यस आयोजना प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि एको क्यास्केड आयोजना हो । क्यास्केड भएकाले माथिल्लो त्रिशूली थ्रिबीले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन ।
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको आयोजनामा ३० प्रतिशत इक्विटी ९२ अर्ब ४७ करोड० र ७० प्रतिशत ऋण ९५ अर्ब ७६ करोड०बाट लगानी जुटाइएको छ ।
आयोजनामा नवील बैकको अगुवाईमा गठन भएको सह–वित्तीयकरणमार्फत ऋण लगानी हुने छ । प्रवद्र्धक कम्पनी र बैकहरुबीच २०७५ साल भदौ ४ गते ऋण सम्झौता भइसकेको छ ।
आयोजनाबाट सुख्खायाममा ९ मंसिर १६ देखि जेष्ठ १५सम्म० १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ९ जेष्ठ १६ देखि मंसिर १५ सम्म०े १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने आयोजनाले लक्ष्य लिएको आयोजना प्रमुख मोहनराज गौतमले जानकारी दिए । उनले आयोजनाबाट उत्पादन हुने विद्युत खरिद–बिक्रीका लागि प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता ९पीपीए० भइसकेको उनले वताए ।
विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने कम्पनीका प्रबन्ध–सञ्चालकसमेत रहेका गौतमले बताए । आयोजनाको विद्युत आयोजनाको विद्युत गृहबाट करिव ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्रिबी हब सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने लक्ष्य रहेको छ ।
माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाको निर्माणस्थल नुवाकोटको सदरमुकाम विदुरवाट १५ किलोमिटर उत्तर त्रिशूली नदीको पश्चिमी किनारामा रहेको छ । हाल आयोजनाको मुख्य सुरुङ, पावरहायस, सर्ज ट्यांकलगायतको निर्माण कार्य भइरहेको छ ।