काठमाडौँमा मोर्निङ वाकमा पनि बन्देज लाग्यो

काठमाडौँ । कोरोनाको संक्रमण दर बढीरहेको बेला सरकारले काठमाडौँ उपत्यकामा मोर्निङ वाक र इभिनिङ वाकलाई बन्देज लगाएको छ ।

विशेष गरी काठमाडौँ उपत्यका कोरोना हबकोे रुपमा विकसित हुन थालेको भन्दै र नयाँ नयाँ अध्यादेश जारी भएको अवस्थालाई हेरेर यसरी बिहान र साँझ हिड्ने कार्यलाई रोक लगाएको सरकारले जनाएको छ ।

त्यसैगरी एक हप्तासम्मका लागि डिपार्टमेन्ट स्टोर र खुद्रा पसललाई पनि बन्द गर्ने निर्णय उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले गरेका छन् । सागतरकारी पसललाई थप व्यवस्थित गरिने भएको छ । एक हप्ताका लागि निर्माण सामग्रीको ढुवानीलाई समेत बन्देज गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले बताए ।

यस अघि सबै प्रकारका सभा, सम्मेलन बन्द गरिसकेको भएपनि बिबाह ब्रतबन्धका लागि केही खुकुलो भएको सरकारले आगामी दिनमा झन कडाई गर्ने निर्णय गरेको छ । यी नियम उलंघन गर्नेलाई अध्यादेशले तोके बमोजिमको ठाउँको ठाउँ दण्ड जरिवाना गर्ने समेत बताएको छ ।

दिउँसो सरकारी सवारी साधन चल्न नपाउने बताइएको छ । कार्यालय समे बिहान साढे नौ बजेदेखि चल्ने र साँझ पाँच बजेमात्र चल्ने तर दिउँसो चल्न नदिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here