हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु

गुलरिया: बर्दियाको गेरुवा गाउँपालिका ११ स्थित आमा छोरीको हात्ती आक्रमणबाट मृत्यु भएको छ ।राती आफ्नै घर अगाडि बसेका आमा छोरी खाना खाएर घर अगाडि बसिरहेकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र ३ वर्षीया छोरी दीपिका विकको उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार राति निकुञ्जबाट आएको हात्तीले सूँडले च्यापेर चन्द्रालाई पर पछारेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

उनकी ३ वर्षीया घाइते छोरी दीपीका विक गम्भीर अवस्थामा तत्काल प्रहरीले उद्धार गरी बाँकेस्थित नर्सिग होममा उपचारका लागि पुर्‍याएको थियो ।उनको उपचारका क्रममा मृत्यु भएको एसपी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here