धनगढी । बझाङबाट धनगढीतर्फ आउँदै गरेको एक जीपमा सवार व्यक्तिबाट प्रहरीले १६ किलो चरेश फेला पारेको छ ।
बझाङबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ७१८ नम्बरको जिपमा जाँच गर्दा १६ किलो चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीको उत्तरी भेग चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा राजमार्गमा गरिएको जाँचमा जिपको सिटमुनि लुकाइराखेको अवस्थामा ठूलो मात्रामा चरेश फेला परेको प्रहरीले जनाएको छ ।
जिप चालक बझाङको बुंगल नगरपालिका – ११ देउलीकोटका बीरबहादुर बोहरा र गमलाल बोहरालाई नियन्त्रण लिएको छ ।