सुनगोहोरोको पनि तस्करी, एक पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ८ हर्चगढीस्थित सिक्टी डायनिया भित्री सडक खण्डमा पथरी शनिश्चरे नगरपालिका– ६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई र १२ थान जीवित सुनगोहोरेसहित सोमबार प्रहरीले पक्राउ गरी कारबाही चलाएको छ ।

जङ्गली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई प्रहरीले कारवाही अघि बढाएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित पथरी शनिश्चरे नगरपालिका–६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई १२ थान जीवित सुनगोहोरेसहित पक्राउ गरिएको प्रहरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बरामद सुनगोहोरोलाई जिल्ला डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक राजुकमार खिउंजुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here