काठमाडौँ । अन्तर्राष्ट्रिय सङ्गठित अपराध विरुद्धको ग्लोबल इनिसिएटिभले सङ्गठित अपराधलाई न्यूनीकरण गर्न २०१९ मा घोषणा गरेको ‘रिजलियन्स फेलोसिप’ का लागि नेपालका कुमार पौडेल छनोट भएका छन् ।
इनिसिएटिभले सङ्गठित अपराध नियन्त्रणको सामना गर्न अन्तर क्षेत्रीय, विश्वव्यापी र अन्तर्राष्ट्रिय सहयोगका लागि एउटा कोष खडा गरेको छ ।
सो कोषले रिजलियन्स फेलोसिपको घोषणा गरेको छ । सोही फेलोसिप नेपालका पौडेलले प्राप्त गरेका छन् ।
फेलोसिपको सहयोगबाट उनले नेपाल र चीन सीमा क्षेत्रका बासिन्दा र यातायात मजदूरलाई तस्करको प्रलोभनमा परी वन्यजन्तुको अवैध चोरी शिकार तथा ओसारपसारमा लाग्नबाट रोक्ने काममा सघाउन सचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्ने भएका छन् ।