जडिबुटी कम्पनीको महाप्रवन्धकका लागि आवेदन खुला

काठमाडौँ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको महाप्रबन्धक पदका लागि शुक्रबार खुला आवेदन आह्वान गरिएको छ ।

मन्त्रालयले शुक्रबार यस्तो सूचना प्रकाशित गरेको छ । सूचनामा १५ दिन भित्र योग्यता पुगेका व्यक्तिले आवेदन पेश गर्न भनिएको छ ।

महाप्रबन्धकका लागि आह्वान गरिएको सूचनामा यस पटक शैक्षित योग्यता पनि घटाइएको छ । सरकारी कुनै पनि कम्पनीको महाप्रबन्धकका लागि कम्तिमा स्नाकोत्तर उर्तिण गरेको हुनुपर्ने भएपनि स्नातक मात्र मागिएको छ ।

आवेदन शुल्क तीन हजार रुपियाँ फिर्ता नहुने गरी मन्त्रालयको खातामा जम्मा गर्नुपर्ने छ ।
कम्पनीको व्यावसायिक कार्ययोजना निर्माण गरी प्रस्तुती समेत गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here