रिहा भए वन उपभोक्ता महासंघका पदाधिकारी

काठमाडौं । मंगलबार वन परिसरबाट प्रहरीले नियन्त्रणमा लिएका सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीलाई सरकारले साँझ रिहा गरेको छ ।

प्रहरीले आन्दोलनरत महासंघका पदाधिकारी तथा उपभोक्ताहरुलाई नियन्त्रणमा लिई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको थियो ।

रिहा हुनेमा महासंघका अध्यक्ष भारती पाठक, महासचिव बिर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम रहेका छन् । त्यसैगरी डोलप्रसाद सापकोटा, प्रेम घिमिरे, केशबराज गिरी, दयालक्ष्मी श्रेष्ठ, सहदेव न्यौपाने पनि रिहा भएका छन् ।

सामुदायिक वन उपभोक्ताहरुको हित विपरीत संघीय सरकार र प्रदेश सरकारले नयाँ वन नियमावली ल्याउन थालेपछि महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

दोस्रो चरणका आन्दोलनका क्रममा मंगलबार महासंघका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइ महेन्द्र पुलिस क्लबमा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here