चुरे पदाधिकारीलाई हटायो सरकारले

काठमाडौँ । तीन पटक स्पष्टीकरण सोधेर पदबाट हटाउने प्रक्रिया पूरा गरेको सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीलाई पदमुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले समितिका पदाधिकारीलाई हटाउने निर्णय गरेको हो । सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल बैशाख ३० गते गर्ने निर्णय गरकै मन्त्रिपरिषदको बैठकले पदाधिकारीलाई हटाउने निर्णय गरेको हो ।

निर्वाचनको आचारसंहिता नलाग्दै सरकारले नयाँ पदाधिकारी नियुक्त गर्ने तयारीका साथ यो निर्णय भएको हो ।

पदमुक्त हुने पदाधिकारीमा समितिका अध्यक्ष डा. किरण पौडेल, सदस्यहरु कमला शिवाकोटी ओली, शशिकुमार शर्मा, सुस्मिता ढकाल र भेषराज आचार्य रहेका छन् ।

राष्ट्रपति चुरे तराई मधेश विकास समिति गठन आदेश अनुसार समितिका पदाधिकारीलाई स्पष्टीकरण सोधिएको र सोही अनुसार पदमुक्त गरिएको दावी वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here