काठमाडौँ । चीन र भारतबाट कोरोना परीक्षणका पीसिआर किट ल्याउँदै गरेको नेपालले सिंगापुरबाट पनि सो किट ल्याउने थालेको छ ।
आज बिहान श्री एअरलाइन्सको जेट विमान सो सामान ल्याउनका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।
सो विमानले १० हजार थान मेडिकल किट ल्याएर आजै साँझ फर्किन भएको श्रीएअरलाइन्सले बताएको छ । सो सामग्री सिंगापुरमा कार्यरत गैरसरकारी संस्था टेमासेक फाउण्डेसनले नेपाललाई सहयोग गर्न थालेको हो ।
सिंगापुरमा सहयोगमा पाएको सामग्री ल्याउन लाग्ने भाडाको केही प्रतिशत श्रीएअरलाइन्सले पनि व्यहोर्ने भएको बाँकी उद्योगी शेखर गोल्छा र पशुपति मुरारकाले व्यहोर्ने भएको श्रीएअरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताएका छन् । प्रति घण्टा ८५० अमेरिकी डलर खर्च लाग्ने भएको छ भने दुई तर्फीको उडानमा १० घण्टा लाग्ने मानन्धरले जनाएका छन् ।