काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेको उपसचिवमा बढुवा भएको छ ।
लोकसेवा आयोगले मंगलबार प्रकाशित गरेको सूचनामा अनुसार घिमिरे जेष्ठता कार्यसम्पादन मूल्याङ्कनका आधारमा उपसचिवमा बढुवा गरेको उल्लेख गरिएको छ ।
लामो समयदेखि बिभिन्न संरक्षित क्षेत्रमा रहेर कामको अनुभव गरेका घिमिरेले रेञ्जर पदमा निजामति सेवामा प्रवेश गरेका हुन् ।
