नारायणी किनारमा पार्कसहित तटबन्ध निर्माण सुरु


चितवन: नारायणी नदी किनारमा पार्कसहितको आकर्षक तटबन्धन कार्य सुरु भएको छ ।
भरतपुर महानगरपालिकाले निर्माण गरेको योजना अनुुसार पहिलो चरणमा आकर्षक तटबन्ध निर्माण कार्य सुरुभएको हो । नारायणी नदीको पुलबाट उत्तरतर्फको स्थानमा तटबन्धनको कार्य सुरु भएको नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर शङ्कर बुढाथोकीले जानकारी दिनुभयो ।
पहिलो चरणमा निर्माण हुने यस तटबन्धनमा ६४० मिटर लम्बाइको काम हुनेछ । यहाँ सिंढी र चौतारासहितको संरचना निर्माण हुनेछ । पानीको नजिकैभन्दा केही परबाट हामीले संरचना निर्माण गर्न लागिएको जानकारी उहाँले दिनुभयो ।
दुई मिटर अग्लो संरचनामा १० वटा सिंढी रहने छन् । नदी किनारको सौन्दर्यीकरणको लागि सिंढी निर्माण गर्न लागिएको हो । यसले नदी नियन्त्रणको लागि काम गर्नेछ । सिंढीमा बसेर पर्यटक रमाउन सक्नेछन् । सिंढी लस्करै रुखसहितको चौतारी निर्माण गरिनेछ । ठूलो बाढी आएका बेला भने पानी सिंढी कटेर आवास क्षेत्रसम्म नपुग्ने गरी संरचना निर्माण गर्ने योजना रहेको छ ।
१५ करोड ९३ लाख रुपियाँको लागतमा निर्माण हुने यो आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । योसहित नारायणी नदी नियन्त्रणको लागि नारायणगढदेखि मेघौलीसम्मको विभिन्न स्थानमा तटबन्ध निर्माणको काम भइरहेको सूचना अधिकारी इन्जिनियर बुढाथोकीले जानकारी दिनुभयो । पाँच वटा ठेक्काबाट काम भइरहेको तटबन्धनको कुल लागत दुई अर्ब १९ करोड रुपियाँ रहेको नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयले जानकारी दिएको छ ।
नारायणी नदीमा तटबन्धको काम सम्पन्न भएपछि यस क्षेत्र नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले भन्नुभयो ‘नदी कटान र डुवान रोकिएपछि यहाँ होटल तथा पर्यटकीय पूर्वाधार निर्माणको काम निजी क्षेत्रले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here