काठमाडौँ । दुई महिना पछि वन तथा वातावरण मन्त्रालयले कायमुकायम सचिव पाएको छ ।
यस अघिका सचिव डा. पेमनारायण कँडेलले गत मंसिर १४ गते अनिवार्य अवकाश पाएपछि निमित्तका भरमा चलेको मन्त्रालय अझै पनि कन्फर्म सचिव नपाएर कामु सचिव पाउने भएको हो ।
सरकारले कृषि विभागका महानिर्देशक सहसचिव डा.रेवतीरमण पौडेललाई कामु सचिव बनाएर वन मन्त्रालयमा पदस्थापन गरेको छ । गत मंसिर १४ गतेदेखि मन्त्रालयका बरिष्ठ सहसचिव शिबकुमार वाग्लेले निमित्त सचिवको रुपमा काम गरिरहेका थिए ।
कृषि मन्त्रालयभित्र असल, इमान्दार कर्मचारीका रुपमा देखिएका डा. पौडेलको शुक्रबार नै वन तथा वातावरण मन्त्रालयको सचिवको रुपमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
डा. पौडेलले नेपालकथासँग भने, आइतबार ढिला हुन्छ । बीचमा शनिबार पर्यो । शुक्रबार नै वन मन्त्रालयमा हाजिर हुन्छु ।